भानुभक्त आचार्य

नेपाली भाषाका आदिकवि

भानुभक्त आचार्य (वि.सं.. १८७१ असार २९–१९२५ असोज ६) एक नेपाली भाषाका कवि, लेखक, र दार्शनिक थिए। आचार्य आधुनिक नेपाली भाषाका प्रारम्भिक लेखकहरू मध्ये एक थिए जसले भविष्यका नेपाली साहित्यको जग बसालेका थिए। उनलाई आदिकविको उपनामले सम्मान गरिएको छ।

भानुभक्त आचार्य
भानुभक्त आचार्यको तस्विर
भानुभक्त आचार्यको तस्विर
जन्मवि. सं. १८७१ असार २९
चुँदी रम्घा, तनहुँ, नेपाल
मृत्युवि सं. १९२५ असोज ६
सेतीघाट, तनहुँ
पेशाकवि
धर्महिन्दु धर्म

प्रारम्भिक जीवन

भानुभक्तको जन्म विक्रम सम्वत १८७१ असार २९ गते धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँ जिल्लाको चुँदी रम्घामा भएको थियो।[१] उनका हजुरबुवा श्रीकृष्ण आचार्य जुम्ला जिल्लाको सिन्जा उपत्यकाबाट तनहुँ जिल्लामा बसाइँ सरेका थिए।[२] उनलाई आफ्नो हजुरबुवा श्रीकृष्ण आचार्यले सानै उमेरदेखि शिक्षा दिएका थिए।[३] उनका बुबा धनञ्जय राणा शासन कालमा सरकारी जागिरमा काम गर्थ्ये।[३] भानुभक्तको हजुरबुवाले नक्षत्र बलिदान विधि, कपुृर स्तोत्र, तीर्थ श्राद्ध, कार्तिक महात्म्य, ज्योतिष रत्नमाला जस्ता पुस्तकहरू संग्रहित र लेखेका थिए।[२]

पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया
खूब् उच्चाकुल आर्यवंशि हुन गै सत्कर्ममा मन् दिया।
विद्यामा पनि जो धुरन्धुर भई शिक्षा मलाई दिया
उन्को नाति म भानुभक्त भनी हूँ यो जानिचिन्ही लिया।।

भानुभक्तको वंशावली
श्रीकृष्ण आचार्य????
धनञ्जय आचार्यधर्मावतीदेवी
चन्द्रकलादेवीभानुभक्त आचार्यचन्द्रकान्तादेवी
रमानाथशिवशङ्करलक्ष्मी

योगदान

१९५ वर्षअघि उदाएका नेपाली वाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन सङ्कटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन्। मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे।

नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले नेपालको राष्ट्रिय विभूति जस्तो सम्मान पाएका हुन्।

कृतिहरू

सन्दर्भ सामग्रीहरू

  1. आचार्य, शर्वराज (२९ असार २०७४), "श्रीकृष्ण, पुरन्डिही र चुँदीरम्घा", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच २९ साउन २०७९ 
  2. २.० २.१ "किन सम्झने भानुलाई", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच २०२३-०७-२६ 
  3. ३.० ३.१ "भानुभक्तप्रति गरिनुपर्ने सम्मान", नेपाल समाचारपत्र, अन्तिम पहुँच २०२३-०७-२६ 
🔥 Top keywords: मुख्य पृष्ठअङ्कोरवाटनेपाली भाषाविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाकर्णाली पुलनेपालका प्रदेशहरूबागमती प्रदेशनेपाली शब्दकोशव्रतबन्धनेपालको भूगोलनेपालका स्थानीय तहहरूपृथ्वीनारायण शाहउखान-टुक्कानेपालनेपालको इतिहासनेपाल सम्वत्नेपालको सर्वोच्च अदालतजलवायु परिवर्तनSpecial:Searchसमाससमाजनेपालका जातिहरूकोशी प्रदेशनेपालको संविधान २०७२गण्डकी प्रदेशनेपालका राष्ट्रिय विभूतिहरूलुम्बिनी प्रदेशनेपालका प्रधानमन्त्रीहरूको सूचीवाच्य (व्याकरण)मुनामदनपशुपतिनाथ मन्दिरलोकतन्त्रप्रतिनिधि सभा (नेपाल)कर्णाली नदीनेपालको अर्थतन्त्रविकिपिडिया:चौतारी (नीति)संयुक्त राष्ट्रसामाजिक सञ्जालगौतम बुद्धदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनसूचना प्रविधिमुक्तिनाथदोस्रो विश्व युद्धकर्मचारी सञ्चय कोषपाथीभरा देवी (ताप्लेजुङ)होलीकर्णाली प्रदेशनेपाली परम्परागत नापका इकाईसुगौली सन्धिघोराही उपमहानगरपालिकापृथ्वीसुदूरपश्चिम प्रदेशदिगो विकासलेखा प्रणालीनेपालको शिक्षा मन्त्रीहरूसङ्गठननेपालका राजाहरूको सूचीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपालका हिमालहरूको सूचीसहकारीमुनामदन (चलचित्र)अङ्कजैविक विविधतारियानासयौँ थुङ्गा फूलका हामीनेपाली सेनानेपालका बैङ्कहरूको सूचीसंस्कृतिबाल विवाहअनुसन्धान संस्थानस्थानीय तहमधेश प्रदेशकाठमाडौँरेने डेसकार्टसमाधवप्रसाद घिमिरे (साहित्यकार)व्यवस्थापनलागु पदार्थविप्रेषणअन्तिम संस्कारमकैव्यवसायलोक सेवा आयोग (नेपाल)मानव विकास सूचकाङ्कनेवार जातिनगदे वालीराष्ट्रिय सभा (नेपाल)राणा शासनसञ्चारविशेष:RecentChangesसङ्घीयतानिबन्धनेपालका प्राकृतिक सम्पदाहरूको सूचीमुत्ताहिदा कौमी मुभमेन्ट (पाकिस्तान)नेपालमा बोलिने भाषाहरूअर्थशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपाल सशस्त्र प्रहरी बलपारिजात (साहित्यकार)