राष्ट्रिय प्रजातन्त्र पार्टी

नेपालको एक प्रजातान्त्रिक दल

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको एक राजतन्त्रवादी र हिन्दू राष्ट्रवादी राजनीतिक दल हो।[४] यसलाई पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापालोकेन्द्र बहादुर चन्दद्वारा गठन गरिएको थियो।[५] राष्ट्रिय पञ्चायत समाप्त पश्चात् दुई प्रधानमन्त्री थापा र चन्दले यसको नेतृत्व दुई-दुई गरिसकेका छन्।

राष्ट्रिय प्रजातान्त्र पार्टी
छोटो रूपराप्रपा
अध्यक्षराजेन्द्र प्रसाद लिङ्देन
उपाध्यक्षविक्रम पाण्डे
महामन्त्रीधवल शमशेर राणा
स्थापना२०४७ जेठ १५
प्रमुख कार्यालयधुम्बाराही, काठमाडौँ, नेपाल[१]
विद्यार्थी सङ्गठनराष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घ नेपाल
युवा सङ्गठनराष्ट्रिय युवा मोर्चा
महिला सङ्गठनराष्ट्रिय प्रजातान्त्रिक महिला सङ्घ
विचारधाराहिन्दुत्व[२]
हिन्दु राष्ट्रवाद[३]
राष्ट्रिय रूढीवादी
संवैधानिक राजतन्त्रवाद
उदारवादी आर्थतन्त्र
राजनीतिक स्थानदक्षिणपन्थी राजनीति
अन्तर्राष्ट्रिय सम्बद्धताअन्तर्राष्ट्रिय लोकतान्त्रिक संघ
एसिया प्रशान्त लोकतान्त्रिक सङ्घ
प्रतिनिधिसभामा सीट
१ / २७५
प्रदेश सभामा सीट
१ / ९३
(प्रदेश नम्बर १)
२ / ११०
(वाग्मती प्रदेश)
१ / ४०
(कर्णाली प्रदेश)
निर्वाचन चिह्न
राजनीतिक दलको झन्डा
वेबसाइट
rpp.org.np

इतिहाससम्पादन गर्नुहोस्

स्थापना र सुरुवाती वर्ष, २०४७-२०४८सम्पादन गर्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पञ्चायत कालको सत्तारुढ कुलीन वर्गले २०४७ साल जेठ १५ गते गठन गरेका थिए। २०४८ मा, पार्टीमा आएको प्राविधिक मतभेदका कारण यो विभाजित हुन पुगेको थियो र दुई पार्टी एकै नाम, विचारधारा र विधानको साथ अस्तित्वमा आएका थिए। सूर्यबहादुर थापाको नेतृत्व र अर्का नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा दुई दल आम निर्वाचन २०४८मा सहभागी भएका थिए।[६] दुबै दलले अपेक्षानुसार प्रदर्शन गर्न नसक्दा, थापाको पार्टीले १ सीट जितेको थियो जहाँ चन्दको पक्षले ३ सिट जितेको थियो। चुनाव पश्चात्, दुबै दलले एकीकरणको घोषणा गरेका थिए।[६]

प्रथम महाधिवेशन, २०४९-२०५०सम्पादन गर्नुहोस्

पार्टीले पहिलो महाधिवेशन २०४९ सालमा काठमाडौँमा सम्पन्न गरेको थियो र सर्वसम्मतिले सूर्य बहादुर थापालाई यसको अध्यक्षमा चुनिएका थिए भने लोकेन्द्र बहादुर चन्द र राजेश्वर देवकोटालाई नेता र सह-अध्यक्ष चुनिएको थियो।

आम निर्वाचन २०५१मा, दलले १८% प्रतिशत मत प्राप्त गरेको थियो र प्रतिनिधि सभामा २० सिट जित्न सफल भएको थियो जसले गर्दा दल संसदको तेस्रो ठूलो दल बन्न पुगेको थियो। कुनै पनि पार्टीले बहुमत प्राप्त नगर्दा र उक्त दलले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाली काङ्ग्रेसको साथ गठबन्धन सरकारमा सामेल भएको थियो।[७]

राष्ट्रिय प्रजातान्त्र पार्टीको पहिलेको झण्डा

दोस्रो विघटन, २०५३-२०५६सम्पादन गर्नुहोस्

२०५३ सालमा, लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा रहेको एउटा समूहले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)सँग गठबन्धन सरकारमा सामेल भएपछि दललाई विभाजन गरेको थियो[८] भने त्यस पश्चात् २०५३ फागुन २९ गते चन्द नेपालका प्रधानमन्त्री भएका थिए। सूर्य बहादुर थापाको नेतृत्वमा रहेको समूहले नेपाली काङ्ग्रेससँग गठबन्धन गरेको थियो। थापा नेतृत्वको सरकारको बिरूद्ध अविश्वासको प्रस्तावलाई समर्थन गर्ने धम्की दिएर पार्टीले लोकेन्द्र बहादुर चन्द र नौ समर्थकहरूलाई निष्कासित गरेको थियो भने पछि चन्दले आफ्नै पार्टी सुरु गरेका थिए। पार्टीको दोस्रो महाधिवेशन २०५५ मा वीरगञ्जमा सम्पन्न भएको थियो र सूर्य बहादुर थापा पुन: यसको अध्यक्ष बनेका थिए। प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर जङ्गबहादुर राणा र कमल थापालाई क्रमशः उपाध्यक्ष, महासचिव र प्रवक्तामा चयन गरिएको छ।

दुबै पक्ष आम निर्वाचन २०५६ मा, सहभागी भएका थिए र चुनावमा खराब प्रदर्शन गरेका थिए जसको नेतृत्वमा सूर्यबहादुर थापाले ११ सिट जितेका थिए र लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा रहेको पार्टीले कुनै पनि सिट जित्न असमर्थ रहेको थियो।[९] चुनाव पश्चात्, दुबै पक्षले एकीकरणको घोषणा गरेका थिए।[१०]

राजाको शासन र जनआन्दोलन, २०५९-२०६३सम्पादन गर्नुहोस्

२०६१ माघ १ राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारलाई बर्खास्त गरेर प्रत्यक्ष शासन लागू गरेपछि लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्रीमा नियुक्त भएका थिए तर उनले २०६० जेठ २२ गतेका दिनमा राजीनामा गरेका थिए र उनको स्थानमा सूर्य बहादुर थापाले नियुक्त भएका थिए।[११]

पोखरामा २०६० मा सम्पन्न पार्टीको तेस्रो महाधिवेशनमा सूर्य बहादुर थापा पार्टी अध्यक्षको पदबाट सेवानिवृत्त भएका थिए (दलको गठन अनुसार अनिवार्य रहेको र उनले दुई पटक चार वर्षको कार्यकाल समाप्त गरेका थिए)। पशुपति शमशेर जङ्गबहादुर राणा अधिवेशनको क्रममा अध्यक्षमा र पदमसुन्दर लावती, कमल थापा र रोशन कार्कीलाई क्रमशः उपाध्यक्ष, महासचिव र प्रवक्ता मनोनयन गरिएको थियो।

पार्टीले २०६० सालमा सूर्यबहादुर थापालाई जनताको बहुदलीय प्रजातन्त्रलाई कमजोर पारेको भन्दै प्रधानमन्त्रीको रूपमा राजीनामा गर्न आग्रह गरेको थियो र अन्ततः उनले २०६१ भदौ १९ गते पदबाट राजिनामा दिएका थिए। पार्टी २०६१ मा, पुनः विभाजित भएको थियो र पार्टीका पूर्व अध्यक्ष सूर्यबहादुर थापाले राष्ट्रिय जनशक्ति पार्टी नामक नयाँ दलको गठन गरेका थिए।[१२]

२०६१ माघ १ तात्कालिक नेपालका राजा ज्ञानेन्द्र शाहले संसद विघटन गरेर प्रत्यक्ष शासनको सुरु गरेसँगै[१३], प्रजातन्त्र समर्थक आन्दोलनलाई समर्थन गर्ने घोषणा गरेको थियो, तथापि, प्रवक्ता कमल थापा लगायत पार्टीका केन्द्रीय समितिका १० सदस्यहरूले राजालाई समर्थन गरेका थिए। पार्टीका मन्त्रीमण्डलका ६ मन्त्रीहरूलाई निष्कासन गरिएको थियो र अन्ततः वि.सं. २०६३ पौष २६ मा, कमल थापाको नेतृत्वमा राजतन्त्रवादी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफ्नै पार्टीको गठन गरेको थियो।

दलका पूर्व अध्यक्ष पशुपति शमशेर

संविधानसभा, २०६३-२०७२सम्पादन गर्नुहोस्

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा अन्तरिम-व्यवस्थापिका संसदको गठन भए पश्चत्, यस दलले नौ सीटहरू सबैभन्दा ठूलो विपक्षी दल (प्रतिपक्ष दल)को रूपमा देखा परेको थियो।संविधानसभा निर्वाचन, २०६४मा, यसले समानुपातिक प्रतिनिधित्व प्रणाली मार्फत नेपालको संविधानसभाको लागि ८ सीट जितेको थियो। दल पछि माधवकुमार नेपालको नेतृत्वमा सरकारमा सामेल भएको थियो।

२०७० मा, राष्ट्रिय जनशक्ति पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गाभिएको थियो र सूर्यबहादुर थापाले पार्टीको नेतृत्व गरेका थिए। संविधानसभा निर्वाचन २०७०मा, दलले १३ सीट जितेको थियो जसका कारण यो दोस्रो संविधानसभाको छैठौँ ठूलो राजनीतिक दल बन्न पुगेको थियो।[१४] नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवाद – लेनिनवाद) को समर्थन र नेपाली काङ्ग्रेससँगको गठबन्धन सरकारले पार्टीलाई नयाँ मन्त्रिपरिषद्मा दुईवटा विभाग दिलाएको थियो।

२०७६ सम्म प्रयोगमा रहेको पार्टीको चुनाव चिन्ह

विघटन र एकीकरण २०७३-हालसम्पादन गर्नुहोस्

२०७३ मङ्सिर ६ मा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले उनीहरूको एकीकरणको घोषणा गरेका थिए। नयाँ पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीको नाम कायम रहेको थियो। नयाँ पार्टीको कुल सामर्थ्य ३७ रहेको थियो जसले गर्दा यसलाई नेपालको संसदमा चौथो ठूलो दल बनाएको थियो।[१५] कमल थापा २०७३ फागुनमा काठमाडौँमा भएको एक विशेष महाधिवेशनमा पार्टीको अध्यक्षको रूपमा चुनिएका थिए। पार्टीको चुनावी प्रतीकको छनोटमा मतभेदका कारण दल पुनः विभाजित भएको थियो र डाक्टर प्रकाशचन्द्र लोहनीले १६ चैत २०७३ मा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को गठन गरेका थिए।[१६] पशुपति शमशेर जङ्गबहादुर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) गठन गरे पश्चात् फेरि अर्को विभाजन भएको थियो। प्रतिनिधिसभा निर्वाचन, २०७४मा, राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) का साथ गठबन्धन गरेको थियो। पार्टीले प्रतिनिधिसभामा केवल एक सीट जितेको थियो जसमा राजेन्द्र लिङ्देन मात्र निर्वाचित भएका थिए।[१७] समानुपातिक प्रतिनिधित्वमा तीन प्रतिशत पार गर्न असफल भएपछि यो राष्ट्रिय पार्टी हुन असमर्थ भएको थियो। यसले १, ३ र ६ प्रदेश सभामा एक-एक सीट जितेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) २०७६ फागुन २९ मा कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहानी अध्यक्ष हुँदै दलमा विलय भएको थियो।[१८][१९]

विचारधारासम्पादन गर्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख राजनीतिक दलहरू नेपाली काङ्ग्रेसनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)को वैकल्पिक शक्तिका रूपमा स्थापित भएको थियो। पार्टी प्रजातन्त्र, संवैधानिक राजतन्त्र, राष्ट्रवाद र आर्थिक उदारवादको सिद्धान्तमा स्थापित भएको थियो। २०६३ मा राजतन्त्रको अन्त्य भएसँगै नेपाललाई २०७३ जेठ ४ गते धर्मनिरपेक्ष राज्य घोषित गरिएको थियो[२०] भने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजतन्त्रलाई समर्थन गर्न र हिन्दू राज्यको पुन: स्थापनाको लागि यसको संविधान परिवर्तन गरेको थियो।[२१] दुई पक्ष एकआपसमा गाभिए पछि राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको गठन गर्ने घोषणा गरिएको थियो। पार्टीले धार्मिक स्वतन्त्रताको साथमा हिन्दू राज्यलाई समर्थन जनाएको छ र यसका लागि २०७३ चैत १६ मा संशोधन प्रस्ताव दर्ता गरेको थियो।[२२]

चुनावी प्रदर्शनसम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचनसम्पादन गर्नुहोस्

निर्वाचननेतामतसीटस्थानसरकार गठन
#%#+/-
२०४८सूर्य बहादुर थापा३९२,४९९५.३८
१ / २०५
सातौँकाङ्ग्रेस
लोकेन्द्र बहादुर चन्द४६८,६०४६.५६
३ / २०५
पाँचौँकाङ्ग्रेस
२०५१सूर्य बहादुर थापा१,३६७,१४८१७.९३
२० / २०५
१९ तेस्रानेकपा (एमाले) अल्पसङ्ख्यक
२०५६सूर्य बहादुर थापा८९९,५१११०.४४
११ / २०५
तेस्राकाङ्ग्रेस
लोकेन्द्र बहादुर चन्द२९३,९५२३.४१
० / २०५
नौवौँकाङ्ग्रेस
२०६४पशुपति शमशेर३१०,२१४३.०१
८ / ५७५
आठौँनेकपा (माओवादी)–नेकपा (एमाले)–मधेसी जन अधिकार फोरम, नेपाल
२०७०सूर्य बहादुर थापा२३८,३१३२.६३
१३ / ५७५
छैटौँकाङ्ग्रेस–नेकपा (एमाले)–राप्रपा
२०७४कमल थापा१९६,७८२२.०६
१ / २७५
१२ सातौँनेकपा(एमाले)–नेकपा(माओवादी केन्द्र)

प्रादेशिक निर्वाचनसम्पादन गर्नुहोस्

प्रदेश सभानिर्वाचन वर्षमतसीटसरकार गठन
#%#स्थान
प्रदेश नं. १ प्रदेश सभा२०७४५७,३४२३.३०
१ / ९३
पाँचौँनेकपा (एमाले)–नेकपा (माओवादी केन्द्र)
बागमती५९,२६८३.१३
२ / ११०
पाँचौँनेकपा (एमाले)–नेकपा (माओवादी केन्द्र)
कर्णाली१५,६२९३.१६
१ / ४०
चौथोनेकपा (एमाले)–नेकपा (माओवादी केन्द्र)

नेतृत्वसम्पादन गर्नुहोस्

२०४७ साल देखिका राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्षसम्पादन गर्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन, २०७८सम्पादन गर्नुहोस्

  • अध्यक्ष

राजेन्द्र लिङ्देन

  • उपाध्यक्ष (४)

विक्रम पाण्डे२बुद्धिमान तामाङ३ध्रुवबहादुर प्रधान४रोशन कार्की

  • महामन्त्री (३)

धवल शम्शेर राणा२भुवन कुमार पाठक३कुन्तीकुमारी शाही

राष्ट्रिय प्रजातान्त्र पार्टीका प्रधानमन्त्रीहरूसम्पादन गर्नुहोस्

क्र.संप्रधानमन्त्रीतस्वीरकार्यकालव्यवस्थापिकामन्त्रिमण्डलनिर्वाचन क्षेत्र
सुरुअन्त्यदिन
लोकेन्द्र बहादुर चन्द२०५३ फागुन २९२०५४ असोज २१२०९ दिनतेस्रो सदनबैतडी २
२०५९ असोज २५२०६० जेठ २२२३७ दिनराजा ज्ञानेन्द्रले नियुक्त गरेकाचन्द, २०६०
सूर्य बहादुर थापा २०५४ असोज २१२०५५ वैशाख २१९० दिनतेस्रो सदनधनकुटा २
२०६० जेठ २२२०६१ भदौ १९१ वर्ष, ९१ दिनराजा ज्ञानेन्द्रले नियुक्त गरेका

तथ्यसूत्रसम्पादन गर्नुहोस्

  1. "कार्यालय", राष्ट्रिय प्रजातान्त्र पार्टी, अन्तिम पहुँच ११ जुन २०१७ 
  2. "हिन्दुत्व पहिचान रक्षा गर्न महिलाहरुले हस्तक्षेपकारी भुमिका निर्वाह गर्नुपर्छ : कमल थापा"खरिबोट (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  3. "राजासहितको हिन्दु राष्ट्र माग्दै हेटौंडामा राप्रपाको प्रदर्शन", सेतोपाटी। 
  4. "हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना माग गर्दै राप्रपाले बुझायो प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र"नयाँ पेज (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  5. "राप्रपा स्थापनाको ३० वर्ष पूरा, यसरी स्थापना भएको थियो पार्टी"रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  6. ६.० ६.१ "राप्रपाका २७ वर्ष: पाँच विभाजन, चार एकता"सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  7. "राप्रपा फुट र एकताको इतिहास"थाह खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  8. "पञ्चे पृष्ठभूमिको राप्रपा फेरि होला एक ढिक्का?"नेपाल लाइभ (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  9. "संविधानसभा र जनादेश"नागरिक दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  10. "राप्रपा गठन, एकीकरण र विभाजनको नालीबेली" (नेपाली) भाषा)। नागरिक दैनिक। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  11. "महत्वाकांक्षी निमित्त नायक"नागरिक दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  12. "जन्मदै फुटेको राप्रपा बारम्बार किन फुट्छ सत्तारोहणपछि फुटको इतिहास"वीरगञ्ज दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  13. "नेपालमा संसद विघटनका पूर्वघटनाहरु: के-के हुन् कारण?"देश सञ्चार (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  14. "पार्टी एक, अध्यक्ष दुई, गणतन्त्र कि राजतन्त्र महाधिवेशनले टुंग्याउने"बाह्रखरि (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  15. "राजपा बन्यो चौथो ठूलो पार्टी, कमल थापाको स्थान बोहोराको पछि !"लोकान्तर (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  16. "एकीकृत राप्रपा (राष्ट्रवादी) गठन" (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  17. "झापामा राप्रपाका राजेन्द्र लिङ्देन निर्वाचित"माउन्टेन टेलिभिजन (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  18. "राप्रपा र राप्रपा (संयुक्त)बीच एकीकरण गर्ने सहमति पत्रमा हस्ताक्षर"कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  19. "पार्टी अध्यक्ष कमल थापा बने राप्रपाको सक्रिय सदस्य"नेपाल समय (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  20. "नेपाल धर्मनिरपेक्ष राष्ट्र कहिले घोषणा भयो ?"लोकसेवा सहयोगी (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  21. "राप्रपा नेपालः सुस्पष्ट बिचार र अलग पहिचान सहितको राजनैतिक दल", राप्रपा (नेपालीमा), अन्तिम पहुँच २०१७-०६-२५ 
  22. "संविधान संशोधनमा धर्मनिरपेक्षता हटाएर हिन्दु राज्य पुनर्स्थापना : कमल थापा"पहिलो पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  23. "राजेन्द्र लिङ्देन राप्रपा अध्यक्षमा निर्वाचित" (नेपाली) भाषा)। बाह्रखरी। सङ्ग्रह मिति २० अप्रिल २०२२ 

बाह्य कडीहरूसम्पादन गर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठअङ्कोरवाटनेपाली भाषाविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाकर्णाली पुलनेपालका प्रदेशहरूबागमती प्रदेशनेपाली शब्दकोशव्रतबन्धनेपालको भूगोलनेपालका स्थानीय तहहरूपृथ्वीनारायण शाहउखान-टुक्कानेपालनेपालको इतिहासनेपाल सम्वत्नेपालको सर्वोच्च अदालतजलवायु परिवर्तनSpecial:Searchसमाससमाजनेपालका जातिहरूकोशी प्रदेशनेपालको संविधान २०७२गण्डकी प्रदेशनेपालका राष्ट्रिय विभूतिहरूलुम्बिनी प्रदेशनेपालका प्रधानमन्त्रीहरूको सूचीवाच्य (व्याकरण)मुनामदनपशुपतिनाथ मन्दिरलोकतन्त्रप्रतिनिधि सभा (नेपाल)कर्णाली नदीनेपालको अर्थतन्त्रविकिपिडिया:चौतारी (नीति)संयुक्त राष्ट्रसामाजिक सञ्जालगौतम बुद्धदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनसूचना प्रविधिमुक्तिनाथदोस्रो विश्व युद्धकर्मचारी सञ्चय कोषपाथीभरा देवी (ताप्लेजुङ)होलीकर्णाली प्रदेशनेपाली परम्परागत नापका इकाईसुगौली सन्धिघोराही उपमहानगरपालिकापृथ्वीसुदूरपश्चिम प्रदेशदिगो विकासलेखा प्रणालीनेपालको शिक्षा मन्त्रीहरूसङ्गठननेपालका राजाहरूको सूचीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपालका हिमालहरूको सूचीसहकारीमुनामदन (चलचित्र)अङ्कजैविक विविधतारियानासयौँ थुङ्गा फूलका हामीनेपाली सेनानेपालका बैङ्कहरूको सूचीसंस्कृतिबाल विवाहअनुसन्धान संस्थानस्थानीय तहमधेश प्रदेशकाठमाडौँरेने डेसकार्टसमाधवप्रसाद घिमिरे (साहित्यकार)व्यवस्थापनलागु पदार्थविप्रेषणअन्तिम संस्कारमकैव्यवसायलोक सेवा आयोग (नेपाल)मानव विकास सूचकाङ्कनेवार जातिनगदे वालीराष्ट्रिय सभा (नेपाल)राणा शासनसञ्चारविशेष:RecentChangesसङ्घीयतानिबन्धनेपालका प्राकृतिक सम्पदाहरूको सूचीमुत्ताहिदा कौमी मुभमेन्ट (पाकिस्तान)नेपालमा बोलिने भाषाहरूअर्थशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपाल सशस्त्र प्रहरी बलपारिजात (साहित्यकार)