उर्दु भाषा

हिन्द आर्य भाषा

उर्दु भाषा हिन्द आर्य भाषा हो। उर्दु भाषालाई हिन्दुस्तानी भाषाको एक मानकीकृत रूप मानिने गरिन्छ। उर्दु भाषामा संस्कृतको तत्सम शब्द न्यून छ र अरबी-फारसीसंस्कृतबाट तद्भव शब्द धेरै रहेको छ। यो भाषा मुख्यतः दक्षिण एसियामा बोलिने गरिन्छ। यो भारतको शासकीय भाषाहरू मध्ये एक हो र पाकिस्तानको राष्ट्रभाषा पनि हो।[१] यस बाहेक यो भारतको राज्य तेलङ्गाना, दिल्ली, बिहार[२] तथा उत्तर प्रदेशको अतिरिक्त शासकीय [३]भाषा हो। उर्दु शब्द तुर्केली भाषाबाट लिइएको हो। मुगल कालदेखि नै यसको नाम उर्दु राखिएको थियो र पूरै भारतमा प्रसार भयो। यसमा धेरै शब्दहरू अरबी, फारसी र संस्कृत भाषाबाट लिइएको छ। यो भारतको २२औँ सरकारी भाषा हो। उर्दु भाषाको जन्म भारतमा भएको हो तर यो पाकिस्तानको राष्ट्रभाषा हो। उर्दुलाई भारतीय मुस्लिमहरूले पनि बोल्ने गर्छन्। उर्दु भाषा र हिन्दी भाषामा मात्र शब्दको सामान्य फरक हुन्छ तर उर्दुको लिपि चाहिँ बिल्कुलै फरक हुन्छ र उर्दु लिपि दाहिनेबाट देब्रेतिर लेखिन्छ।

उर्दु (اردو)
ur
उच्चारणहिन्दुस्तानी: [ˈʊrd̪u]
मूलभाषीपाकिस्तान, भारत, मरिसस, दक्षिण अफ्रिका, बहराइन, फिजी, कतार, ओमान, संयुक्त अरब इमिरेट्स, बेलायत, जर्मनी, संयुक्त राज्य अमेरिका, क्यानडा, सुरिनाम, इरान, अफगानिस्तान, ताजकिस्तान, उज्बेकिस्तान
मातृभाषी वक्ता१०-१५ करोड
भाषा सङ्केतहरू
आइएसओ ६३९-१ur
आइएसओ ६३९-२urd
आइएसओ ६३९-३urd
भाषाविद् प्रयोगशाला59-AAF-q

'उर्दु' शब्द को उत्पत्तिसम्पादन गर्नुहोस्

'उर्दु' शब्द मूलतः तुर्केली भाषाबाट आएको हो र यसको अर्थ 'शाही शिविर’ हुन्छ। तुर्केलीहरूसँगै यो शब्द भारतमा प्रवेश गर्‍यो र यसको यहाँ प्रारम्भिक अर्थ खेमा वा सैन्य थियो। शाहजहाँँले दिल्लीमा लाल किला बनाएका थिए। यो पनि एक प्रकारको ‘उर्दु’ (शाही तथा सैन्य) थियो र धेरै ठुलो थियो। अतः यसलाइ ‘उर्दु’ न भनेर ‘उर्दु ए मुअल्ला’ भनिन गयो र यो बोलिने भाषा- ‘जबान ए उर्दु ए मुअल्ला’ (श्रेष्ठ शाही पडावको भाषा) बन्न पुग्यो। भाषा विशेषको अर्थमा ‘उर्दु’ शब्द ‘जबान ए उर्दु ए मुअल्ला’ को सङ्क्षेप हो।

मुहम्मद हुसैन आजाद, उर्दुको उत्पत्ति ब्रज भाषासँग मानिने गरिन्छ। 'आबे हयात' मा उनी लेख्छन् कि हाम्रो आवाज ब्रज भाषाबाट निक्लेको हो।'[४]

सन्दर्भ सामग्रीहरूसम्पादन गर्नुहोस्

  1. http://www.ethnologue.com/language/urd
  2. "Urdu in Bihar", Language in India, अन्तिम पहुँच १७ मे २००८ 
  3. "Report of the Commissioner for linguistic minorities: 50th report (July 2012 to June 2013)" (PDF), Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, अन्तिम पहुँच १२ जुलाई २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-०८ मिति
  4. भाषा और प्रौद्योगिकी, पृष्ठ ३७
🔥 Top keywords: मुख्य पृष्ठअङ्कोरवाटनेपाली भाषाविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाकर्णाली पुलनेपालका प्रदेशहरूबागमती प्रदेशनेपाली शब्दकोशव्रतबन्धनेपालको भूगोलनेपालका स्थानीय तहहरूपृथ्वीनारायण शाहउखान-टुक्कानेपालनेपालको इतिहासनेपाल सम्वत्नेपालको सर्वोच्च अदालतजलवायु परिवर्तनSpecial:Searchसमाससमाजनेपालका जातिहरूकोशी प्रदेशनेपालको संविधान २०७२गण्डकी प्रदेशनेपालका राष्ट्रिय विभूतिहरूलुम्बिनी प्रदेशनेपालका प्रधानमन्त्रीहरूको सूचीवाच्य (व्याकरण)मुनामदनपशुपतिनाथ मन्दिरलोकतन्त्रप्रतिनिधि सभा (नेपाल)कर्णाली नदीनेपालको अर्थतन्त्रविकिपिडिया:चौतारी (नीति)संयुक्त राष्ट्रसामाजिक सञ्जालगौतम बुद्धदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनसूचना प्रविधिमुक्तिनाथदोस्रो विश्व युद्धकर्मचारी सञ्चय कोषपाथीभरा देवी (ताप्लेजुङ)होलीकर्णाली प्रदेशनेपाली परम्परागत नापका इकाईसुगौली सन्धिघोराही उपमहानगरपालिकापृथ्वीसुदूरपश्चिम प्रदेशदिगो विकासलेखा प्रणालीनेपालको शिक्षा मन्त्रीहरूसङ्गठननेपालका राजाहरूको सूचीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपालका हिमालहरूको सूचीसहकारीमुनामदन (चलचित्र)अङ्कजैविक विविधतारियानासयौँ थुङ्गा फूलका हामीनेपाली सेनानेपालका बैङ्कहरूको सूचीसंस्कृतिबाल विवाहअनुसन्धान संस्थानस्थानीय तहमधेश प्रदेशकाठमाडौँरेने डेसकार्टसमाधवप्रसाद घिमिरे (साहित्यकार)व्यवस्थापनलागु पदार्थविप्रेषणअन्तिम संस्कारमकैव्यवसायलोक सेवा आयोग (नेपाल)मानव विकास सूचकाङ्कनेवार जातिनगदे वालीराष्ट्रिय सभा (नेपाल)राणा शासनसञ्चारविशेष:RecentChangesसङ्घीयतानिबन्धनेपालका प्राकृतिक सम्पदाहरूको सूचीमुत्ताहिदा कौमी मुभमेन्ट (पाकिस्तान)नेपालमा बोलिने भाषाहरूअर्थशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपाल सशस्त्र प्रहरी बलपारिजात (साहित्यकार)